Logo

सामसङ ग्याक्सी एम १५ फाइभ जी नेपाली बजारमा

काठमाडौं– सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधासहित ग्याक्सी एम १५ फाइभ जी लञ्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सेरिजमा नवीनतम विशेषता थप गरेर प्रयोगकर्तालाई नयाँ फिचरसहित मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरको साथ उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

यो डिभाइस प्रतिष्ठित ग्यालेक्सी सिग्नेचर डिजाइनको साथ आउँदछ, जसले भव्यता र परिष्कृततालाई जोड दिन्छ । यो ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । ग्याक्सी एम १५ फाइभ जी स्टोरेज भेरिएन्ट ६ जिबीका लागि २५ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्