Logo

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता

काठमाडौं– कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता भएको छ । सो सम्झौतासँगै क्यापिटलले हिमाल वाटर पार्क होटलले जारी गर्ने आईपीओ निष्कासन र सूचिकरणसम्मको सेवा दिने भएको छ ।

क्यापिटलले होटललाई आईपीओ जारी गरि सूचिकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । सो सम्झौतामा होटलका सञ्चालक सुनिलकुमार खेतान र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पुर्‍याई वैदेशिक मुद्राको सञ्चितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रन्चाइजअन्तर्गत सञ्चालनमा छ । चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ ।

वीरगञ्ज महानगरपालिका–१४ मा रहेको होटलले स्वीट, डिलक्सलगायत ६० वटा सुविधा सम्पन्न कोठाका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदिसहित आरामदायी आवास, आधुनिक सुविधा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्