Logo

पारामाउन्ट्सद्वारा बुलिङ इभी बिक्री सुरु

काठमाडौं– विश्वस्तरीय विद्युतीय गाडी बुलिङ आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउण्ट्सले बुलिङ बिंगुओ ईभी नेपालमा भित्र्याएको छ । नेपालमा अत्याधुनिक एवम् पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

बिंगुओ इभीमा ३१.९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले एक पटक चार्जमा ३३३ किलोमिटर सहज यात्रा गराउने कम्पनीको दावी छ । ७९० लिटर क्षमताको बुट स्पेस भएको बिंगुओ इभी छोटो तथा लामो दूरीको यात्राका लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको बताइएको छ । ३१ लाख ९९ हजार सुरुवाती मूल्य पर्ने यस गाडीको क्षमता, बनोट, सुविधा एवम् प्राविधिक पक्ष अनुसार प्रतिस्पर्धी माझ मूल्य पनि आकर्षक रहेको विश्लेषण गरिएको छ ।

यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मुस ग्रीन गरी तीन कलरमा उपलब्ध छ । गुणस्तरीय लेदर सिटहरु भएको यस गाडीमा १० इन्चको इन्फोटेन्मेट स्क्रिन छ । सुरक्षाको दृष्टिकोणले क्रुज कन्ट्रोल, इलेक्ट्रिक ड्राइभर सिट, ड्युल एयर ब्याग, इबिडीसहितको एबिएस तथा हिल होल्डलगायतका थुप्रै प्रविधिहरु अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्