Logo

पैसा कसरी जन्मियो ?

आजको युगमा सबै थोकको कारोबार पैसामै हुने गरेको छ । चाहे त्यो शिक्षा लिने–दिने, सामानको किनबेच, भ्रमणको खर्च, श्रम, पेसा आदि होस्, सबै पैसाको कारोबारबाट नै चल्ने गरेको छ । परम्परागत युगमा पर्म, सामान साटासाट आदिको माध्यमबाट मानिसले व्यवहार गर्ने गर्थे ।

‘पैसा’ वा ‘मुद्रा’ भन्ने शब्द प्रायशः अन्तरपरिवर्तनीय वस्तु हो । तर, कतिपय सिद्धान्तले तिनीहरू परिचयात्मक होइनन् भन्ने सुझाएका छन् । केही सिद्धान्तले पैसा एक अमूर्त अवधारणाको अत्यावश्यक वस्तु भएको बताएका छन् । अर्कातिर यो भौतिक तथा महसुस गर्न सकिने वस्तु भएको पनि बताइँदै आइएको छ ।

यो सिद्धान्तअनुसार पैसालाई छुन र सुँघ्न सकिन्न । मुद्रा सिक्का, नोट, वस्तु तथा भौतिक उपस्थिति हो, जसलाई पैसाको रूपमा प्रस्तुत गरिन्छ । पैसाको आधारभूत स्वरूप भनेको संख्या हो र यसको आधारभूत मुद्रा कागजी बैंक नोट, सिक्का तथा प्लास्टिकका कार्ड (क्रेडिट कार्ड र डेबिट कार्ड) यसका आधारभूत स्वरूपहरू हुन् । यद्यपि पैसा र मुद्राबीचको विभेद भनेको केही अवस्थामा महत्वपूर्ण छन् । अब मैले उठान गर्न खोजेको विषय पैसाका बारेमा हो ।

पैसा के हो ?
धातुको सिक्का, कागजको टुक्रा वा कम्प्युटरको इलेक्ट्रोनिक कोड छैन भने पैसाको कुनै मूल्य नै रहन्न । हाम्रो कागजी नोटमा पनि चाँदीको धागो राखिएको हुन्छ । अहिले मात्रै यसमा केही भिन्नता आएको छ । त्यो हो, धर्कोको निशाना । विश्वव्यापी सम्पत्ति, २०२२ मा ४६३.६ ट्रिलियन डलर पुगेकोमा पैसाको मूल्य मानिसको ठाउँको आधारमा मह्त्व राख्छ र यसको विनियमको आधार पनि हुने गर्छ । यो मापनको एउटा आधार हो र समृद्धिको भण्डारगृह पनि हो ।

पैसाले मानिसलाई सामान र सेवाको अप्रत्यक्ष कारोबार गर्न सहयोग गर्दै आएको छ । यो सामाजिक रूपमा स्वीकार गरिएको विनिमयको आधार तोक्न सक्ने एक एकाइ हो । यसले कुनै पनि वस्तुको मूल्य तोक्छ र समृद्धिलाई भण्डारण पनि गर्छ । यसले भुक्तानी पनि स्वीकार गर्छ । यद्यपि पैसाको प्रयोग र उत्पत्ति दुवै इतिहास बोकेर आएका छन् ।

बार्टर प्रणालीदेखि मुद्रासम्मको यात्रा
पैसा कम्तीमा पनि विगत ५ सय वर्षसम्म मानव इतिहासको अंश बन्दै आएको छ । त्योभन्दा पहिले साटासाट (बार्टर) प्रणालीबाट कारोबार हुने गथ्र्यो । यो कुरा इतिहासविद्ले पनि स्विकार्दै आएका छन् । बार्टर भनेको सामान र सेवाको प्रत्यक्ष व्यापार हो ।

उदाहरणका लागि किसान एक बुसल गहुँ लिएर एक जोडी जुत्ता साट्ने गथ्र्यो । यद्यपि यो व्यवस्थाका लागि पनि समय लागेको थियो । यदि सम्झौताअनुरूप बन्चरोको सट्टा उनको थुप्रो नै साटियो भने पनि त्यो पनि बार्टर नै हो । तर यो साटासाट गर्ने मानिसको सम्झौता र स्वीकारोक्तिमा भर पथ्र्यो । जनावरको छाला, नुन र हतियारजस्ता वस्तुको कारोबारका लागि भएको मुद्राको विकास हुन शताब्दीसम्म लागेको थियो ।

यसरी कारोबार भएको सामानको सेवा साटासाटको माध्यम बन्ने गथ्र्यो । तर, अझै पनि कारोबार हुने वस्तुहरू कतिपय अवस्थामा मोलमलाइमै हुने गर्छन् । अहिले पनि हामी कपडा वा सामग्री किन्दा भाउ घटाएर माग्ने बानीमै छौं । पैसाको सुरुवातको ठूलो उपलब्धि भनेको यसले व्यवसायको गतिलाई बढायो । २०२१ अगस्टको सुरुवातमा स्टेट युनिभर्सिटी अफ झेङझोउका पुरातत्वविद्हरूले विश्वकै पुरानो प्रमाणित मितिको मुद्रा चीनको ग्वानझोउमा फेला पारेको घोषणा गरेका थिए । यहींबाट पैसाको विकास भएको अनुमान गर्न सकिन्छ । यो समय त्यस्तै सालाखाला ६४० बीसीतिरको थियो । यो पैसा छाप्ने मेसिनले सिक्का निकाल्ने गथ्र्यो ।

यस्तो थियो पहिलो आधिकारिक मुद्रा
यसैबीच यो युगको पूर्वाद्र्धमा सोह्रौं शताब्दीमा ग्रिक कवि जेनोफानेसलेले धातुको मुद्रा आविष्कार भएको उल्लेख गरेका थिए । यो मुद्रा लिडियान्समा आविष्कार भएको थियो । ६०० बीसीमा लिडियान्सका राजा अल्यातेसले आधिकारिक मुद्रा कुँदेको विश्वास गरिन्छ । यो मुद्रा मलिन चाँदी र सुनको मिश्रणबाट बनाइएको थियो, जुन प्राकृतिक देखिन्थ्यो । मुद्रामा चित्र अंकित हुन्थ्यो, यसले मात्रा बताउँथ्यो । सार्दिसको सडकमा झन्डै ६०० बीसीमा एउटा माटोको भाँडाको मूल्य दुईवटा लाटोकोसेरो र एउटा सर्पको बराबर हुन्थ्यो ।

लिडियान्सको मुद्राले आन्तरिक र बाह्य व्यापारिक प्रणाली दुवैलाई बढाउन सहयोग गरेको थियो । जसले एसियाको अल्पसंख्यकमा ठूलो साम्राज्य खडा गरेको थियो । आज धनी मानिसलाई लिडियान्सको राजाका रूपमा लिइन्छ, जसले पहिलो सुनको सिक्का बनाएका थिए ।

कागजी नोट (मुद्रा) तर्फको रूपान्तरण
१२६० बीसीतिर चीनको युआन वंश सिक्काबाट मुद्रातर्फ सरेका थिए । मार्कोपोलोको समयदेखि भेनेतियन व्यापारी र अन्वेषक मार्को पोलोले रेसम मार्ग (सिल्क रोड) भएर एसियाको भ्रमण गरेका थिए । उनले १२७१ बीसीमा चीनको भ्रमण गरेका थिए । चीनका शासकको पैसाको आपूर्ति र सञ्चालन दुवैमा नियन्त्रण थियो । यो पनि विभिन्न एकाइमा अंकित भएको थियो । वास्तवमै आधुनिक कालको अमेरिकी विधेयकले ‘हामी ईश्वरमा विश्वास गर्छौं तर चिनियाँहरूले त्यो समयमा हामीलाई चेताएका थिए’ भनेका थिए ।

मुद्रायुद्धको सुरुवात
युरोपमा कागजी पैसाप्रतिको रूपान्तरणले अन्तर्राष्ट्रिय व्यापार बढाएको थियो । बैंक र शासकवर्गले अन्य मुलुकबाट पैसा किनेर पहिलो मुद्राबजार सिर्जना गरेका थिए । विशेष किसिमको राजतन्त्रको स्थापनाले देशका मुद्राहरूको मूल्यमा असर पारेको थियो । यसले अन्तर्राष्ट्रिय मुद्राबजारलाई बढाएको थियो ।

देशहरूबीचको प्रतिस्पर्धाले मुद्रायुद्ध निम्त्याएको थियो । प्रतिस्पर्धी मुलुकहरूबीच प्रतिस्पर्धी मुद्राको मूल्य परिवर्तन गर्ने होड चलेको थियो । यसले शत्रु मुलुकको सामग्रीलाई महँगो बनाएको थियो । जस्तै चीनले जहिले पनि आफ्नो मुद्रालाई अवमूल्यन गराएर आफ्नो सामानलाई सस्तो र अर्काको सामग्रीलाई महँगो बनाउँदै आएको छ ।

मोबाइल भुक्तानी
२१ औं शताब्दीले भुक्तानीको नयाँ स्वरूप दियो । अहिले औंलाले छोएर नै ३० सेकेन्डको अवधिमा पैसाको भ्ुक्तानी हुने गरेको छ । हामी अन्य व्यक्तिलाई ३० सेकेन्डमै पैसा पठाउन पनि सक्छौं । जस्तै— परिवारको सदस्य वा साथी–सँगाती । यो सबै हत्केलामा बोक्न सकिने विद्युतीय सामग्री अर्थात् मोबाइल फोनबाट गर्न सकिन्छ । यसलाई हामी स्मार्टफोन वा ट्याबलेट डिभाइस भन्छौं ।

यो पैसा हस्तान्तरण गर्न सकिने भुक्तानी प्रणाली पहिले एसिया र युरोपमा सुरुवात भयो र पछि उत्तर अमेरिकामा गयो । टेक्स्ट सन्देशबाट गरिने भुक्तानी स्मार्ट एपमा भएको क्यामेरा एपबाट पनि हुन थाल्यो । तपाईं–हामी आज पनि यसै माध्यमबाट पैसाको आदान–प्रदान गर्दै आएका छौं । मोबाइल भुक्तानी सेवाहरू जस्तै एप्पल पे र गुगल पे पनि बिक्री भुक्तानीका लागि प्रयोग गरिँदै आएको छ । पेपाल र भेन्मो पनि प्रयोग गरिँदै आएको छ ।

अमूर्त मुद्रा (भर्चुअल करेन्सी)
अमूर्त मुद्रा विद्युतीय स्वरूपमा मात्रै देखा पर्दै आएका छन् । यो पैसाको डिजिटल प्रतिनिधि हो । मुद्राको यो प्रकारलाई विशिष्टीकृत सफ्टवेयर तथा कम्प्युटर एप्लिकेसन प्रयोग गरेर जम्मा र कारोबार गरिन्छ ।

बिटक्वाइन अमूर्त मुद्राको मापदण्ड बन्यो । यसलाई सन्तोषी नाकामोतोले २००९ मा ल्याएका थियो । विश्वभरिका बिटक्वाइनको मूल्य ५२२.५ अर्बभन्दा माथि पुगेको थियो । बिटक्वाइन धेरै लोकप्रिय र सर्वाधिक महँगो भए पनि अन्य अमूर्त मुद्राहरूले बजार तताएका थिए । यसमा इथेरम, एक्सआरपी र डोजक्वाइन थिए ।

प्रतिक्रिया दिनुहोस्