Logo

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं- शेयर बजारमा नेप्से परिसूचकका साथै कारोबार रकममा पनि वृद्धि हुने क्रम साताको दोस्रो दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४५ दशमलव छ नौ अंकले बढेको शेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार पनि २७ दशमलव पाँच चार अंकले बढेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव तीन तीन प्रतिशतले बढेर २ हजार ९२ अंकमा उक्लिएको छ ।

यसदिन वित्त, जिवन बीमा, निर्जिवन बीमा, उत्पादनमूलक र लघुवित्त बाहेका समूहले समग्र परिसूचक बढेको हो । वाणिज्य बैंक समूहको परिसूचक सबै भन्दा धेरै ४ दशमलव एक आठ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक २ दशमलव दुई तीन प्रतिशतले बढ्दा लगानी समूहको परिसूचक पनि करिब २ प्रतिशतले बढेको छ ।

यस्तै, जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढ्दा बाँकी बढेका समूहको परिसूचक एक प्रतिशत भन्दा कमले बढेका छन् । सोमबार बढेको बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ६० करोड ३३ लाख रुपैयाँले बढेको छ । अघिल्लो दिन १ रकोड २२ लाख ४० हजार कित्ता शेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरमा किनबेच भएकोमा सोमबार ३ सय १५ कम्पनीका १ करोड ४३ लाख ७० हजार कित्ता शेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि आउँदा ४ वटा कम्पनीको शेयर मूल्य बढेर सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । यस्तै, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्