नेशनल लाइफको नेशनल अवार्ड कार्यक्रम

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्तालाई सम्मान गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले कोशी प्रदेश अन्तर्गतका नेशनर रत्न छनौट भएका ८० जना अभिकर्तालाई सम्मान गरेका हुन् ।
समारोहमा नेशनल अवार्ड विजेता अभिकर्तालाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको बताए ।