Logo

एमएडब्लू हायर पर्चेजले ल्यायो ‘मोबाइल एप’

काठमाडौं– ‘एमएचपीएल एप’ ले ग्राहकको सुविधाको लागि मोबाएल एप सार्वजनिक गरेको छ । आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको छ ।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ । अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ । एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो ।

काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरेका हुन् । ‘एमएचपीएलमा हामी हाम्रा ग्राहकका लागि निरन्तर रुपमा सुविधा बढाउन हरसम्भव प्रयास गर्दै आएका छौं । आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ’ एमएचपीएलका महानिर्देशक भट्टराईले भने ।

एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर–पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । यसले हालसम्म आफ्नो सञ्जालमार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको जनाएको छ ।

एमएचपीएलले दुई पांग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधन इभी र फोसिल फ्युल इन्धने र कृषि उपकरणलाई ऋण उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस्