Logo

कुमारी बैंक र होटल भिन्टेज होमबीच सम्झौता

काठमाडौं– कुमारी बैंक र होटल भिन्टेजबीच सम्झौता भएको छ । सम्झौता अनुसार भक्तपुर दरवार स्क्वायरमा रहेको होटल भिन्टेजका सेवामा कुमारी बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले होटलको सेवा लिए वापतको भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहकले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्ने विस्वास लिएको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्