Logo

कामना सेवाको स्मार्टफोन जित्ने मौका

काठमाडौं– कामना सेवा विकास बैंक र एफवानसफ्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौताअन्तर्गत बैंकको मोबाइल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकले ५० रुपैयाँको टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकलाई मात्र मान्य हुनेछ । त्यसैगरी, ग्राहकले न्यूनतम एक सय रुपैयाँको टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना विजेताले लक्की–ड्रमार्फत एयरबड्स जित्न सक्नेछन् ।

यो अफर नयाँ तथा पुराना ग्राहकलाई मान्य हुने बैंकले जनाएको छ । यसैगरी कारोबार गर्ने ग्राहकमध्ये एक जना लक्की विजेताले बम्पर पुरस्कारमा स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभर लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्