लक्ष्मी सन्राइज बैंकको सेवा विस्तार

काठमाडौं– लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित हनुमान दास रोडमा रहेका २ शाखामध्ये एउटा शाखा वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ ।
स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।
साथै बैंकले झापाको बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको स्थान–भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवनस्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान – हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकलाई सेवा प्रदान गर्नेछ ।