गुहेश्वरी मर्चेण्ट फाइनान्सको वित्तीय साक्षरता
काठमाडौं– गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले ललितपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । फाइनान्सले ललितपुर महानगरपालिका–१३ मा रहेको महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी, फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपलना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीको उपस्थिति थियो ।
वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।