Logo

बिवाइडी गाडी किन्न ग्लोबल आइएमईको कर्जा

काठमाडौं– ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार बैंकले बिवाइडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपालीले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि नियमानुसार बैंकले उचित ठहर्‍याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रीन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंकका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्