प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुको अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । यता विपक्षहरुले मत नहालेकालेले सो प्रस्तावको विपक्षमा जिरो मत परेको थियो । प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।