सुनचादी व्यवसायी पक्राउ परेकोमा विरोध

नेपाल सुनचादी व्यवसायी महासंघले सुनचादी व्यवासायीहरू पक्राउ परेकोमा विरोध जनाएको छ । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले एक विज्ञप्ति प्रकाशित गरी ०७३ साल चैत ३० गते कास्की जिल्लाको पोखरामा अनुगमनको सिलसिलामा यस महासंघमा आबद्ध व्यवसायीहरूको पसलबाट केही गहनाहरू परीक्षणका लागि वाणिज्य विभाग अन्तर्गतका टोलीबाट स्याम्पल लिएर गएकोमा, ०७४ माघ २५ गते जिप्रकाबाट व्यवसायीहरूलाई प्रक्राउ गरी थुनामा नै राखी अनुसन्धान कारबाही गराउने आदेश भई दि युनाइटेड गोल्ड मार्टका महेन्द्रमान गुभाजु, गोरखा एन्ड बराह ज्वेलर्सका हरिकुमार धमला, अर्जुन पुम्दी भुम्दी सुनचा“दी पसलका अर्जुनबहादुर विक, सन्तोष सुनचादी पसलका सन्तोष विक र दलबहादुर एन्ड सुनचा“दी पसलका महेश सुनारलाई पक्राउ गरिएकोबाट व्यवसायीहरूमा आतंक छाएको जनाएको छ । अनुगमनका रूपमा अनुसन्धान गर्ने नाममा ज्यादतीपूर्ण ढंगले कारबाही गरिएकोबाट व्यवसायीहरूमा डर त्रास सिर्जना भएको छ । व्यवसायको क्रममा व्यवसायीहरूको कुनै कमि कमजोरीलाई सच्याउन, सुधार गर्न यथासम्भव अवसर प्रदान गर्नु लोक कल्याणकारी राज्यको कर्तव्य हो भन्ने कुरामा हामी विश्वस्त छौं । लगातार यस व्यवसाय प्रति भइरहेको कारबवाहीको श्रृंखलाले महासंघको अत्यन्त गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । राज्यको जिम्मेवार नागरिकका हैसियतले राज्यको सम्बन्धित निकायले गर्ने अनुगमन, अनुसन्धान तथा काम कारबाहीमा व्यवसायीहरू सदा सकारात्मक रही आएको र भविष्यमा पनि यो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्दै यस महासंघ अनुगमनको नाममा बिना कुनै स्पष्ट नीति नियम, व्यावसायिक वातावरण बिग्रने गरी हुने ज्यादतीपूर्ण क्रियाकलापहरू अबिलम्ब स्थगित गरी गराई, व्यवसायीहरूको सम्बन्धित यस महासंघ सरकारसँग बसेर आवश्यक छलफल गरी सल्लाह सुझावअनुसार बजारलाई सुधार गरी स्वच्छ र पारदर्शी गरी गराई अगाडिी बढ्न वातावरण तयार गर्न जोडदार माग गरेको छ । ३ दशक अगाडि स्थापित नेपाल सुनचा“दी व्यवसायी संघलाई नै अझै विस्तारित गर्दै देशभरिका सुनचा“दी व्यवसायीहरूको छाता संगठनका रूपमा ०६९ सालमा स्थापना भएको हो । स्थापनापश्चात् यस महासंघले सोहीअनुसार कार्य गरिआएको छ ।