Logo

मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडाैं- मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपुरको बुलिङटारस्थित रम्भादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयको नर्सरीदेखि कक्षा ५ सम्मका ७६ विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा पदाकारी, विद्याथीको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिका विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्