Logo

शेयर बजारमा ४५ अंकमाथिको हरियाली

काठमाडौं- मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षापछि शेयर बजारमा ४५ अंकमाथिको हरियाली छाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षापछिको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक ४५ दशमलव छ नौ अंकले बढेको हो ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २ दशमलव दुई छ प्रतिशतले बढेर २ हजार ६४ दशमलव चार पाँच अंकमा उक्लिएको छ । यसदिन कारोबारमा आएका सबै समूहले समग्र परिसूचकमा हरियाली छाएको हो । जिवन बीमा समूहको परिसूचक सबै भन्दा धेरै ४ दशमलव तीन आठ प्रतिशतले बढ्दा निर्जिव बीमा समूहको परिसूचक पनि ३ दशमलव आठ एक प्रतिशतले बढेको छ ।

अन्य समूहको परिसूचक २ दशमलव सात छ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको परिसूचक पनि २ दशमलव छ तीन प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक, वित्त, होटल र पर्यटन, जलविद्युत, लगानी, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढ्दा व्यापार समूहको परिसूचक पनि एक प्रतिशत भन्दा कमले मात्रै भएपनि बढेको छ ।

आइतबार बढेको बजारमा कारोबार रकममा पनि उछाल आएको छ । दिनभर कुल ३ सय २३ कमपनीको एक कराेड २२ लाख ४० हजार कित्ता शेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरमा किनबेच भएको हो । आइतबार भएको कारोबार रकम गत बिहीबारको तुलनामा एक अर्ब रुपैयाँ भन्दा धेरै हो ।

बिहीबार लाख ८२ हजार कित्ता शेयर ४ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो । कारोबार रकमको आधारमा आइतबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा उछाल आउँदा सबाइको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य बढेर सर्किट लागेको शेयर मूल्य बढेर सर्किट लागेको छ । यता, माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्