महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं– महालक्ष्मी विकास बैंकले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रमअन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउण्ड टेबल नेपालमार्फत बैंकले करिब एक हजार विद्यार्थीका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।
बुधबार काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै बैंकले शिक्षाको मूलधारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न सो सहयोग गरेको बताइएको छ ।