Logo

लक्ष्मी सनराइजको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौं– लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । सो पहलअन्तर्गत विगतका वर्षमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रम एउटै छाताभित्र ल्याएको बताइएको छ ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत आगामी ७ वर्षमा ३५ लाख रुपैयाँ प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ ।

सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् । यसैगरी बैंकले आगामी ५ वर्ष सम्ममा एक करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

सो कोषमार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङग र गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाको संख्या वर्षेनी बढाउँदै लगिने छ ।

प्रतिक्रिया दिनुहोस्