Logo

इपिएस रिर्टनीका लागि सवा अर्बको कार्यक्रम

काठमाडौं–रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई रोजगार गरी फर्किएका रिटर्नी महिलाहरुका लागि उद्यमशीलता विकास तालिम सञ्चालनमा आएको छ । कोरियाको रोजगारीबाट फर्किएका महिलाहरुलाई बिहीबार कोईकाको लगानीमा सञ्चालित ‘के–हामी’ परियोजनाले दोस्रो पुनःएकीकरण तथा अभिमुखीकरण तालिम दिएको हो ।

तालिम तथा पुनःएकिकरणको माध्यमवाट नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य सो अभिमुखीकरण तालिम दिएको परियोजना अधिकृत डो किमले जानकारी दिइन् । कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुनः एकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा सञ्चालनमा ल्याइएको ‘के हामी’ परियोजना २०२८ सम्म सञ्चालन हुनेछ ।

कोरियाबाट फर्किएपछि उद्यमशीलताको विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनः एकीकरण गर्ने उद्देश्यले एक अर्ब रुपैयाँभन्दा बढीको कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यसअघि पहिलो चरणको पुनः एकिकरण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन भइसकेको छ । कोरियामा निश्चित समय काम गरेर नेपाल फर्केर काम गर्न सहज होस् भन्ने उद्देश्यले एकीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

इपिएस शाखा नेपालकी निर्देशक मैयाँ कँडेलले कोरियाबाट फर्केपछि त्यहाँको सीप र पुँजीको सदुपयोग हुने गरी पुनः एकीकरणसँग सहज होस् भनेर कार्यक्रम सञ्चालनमा ल्याइएको बताइन् । उनका अनुसार यो कार्यक्रम सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्