लोकप्रिय बन्दै पैंचोका उत्पादन «

लोकप्रिय बन्दै पैंचोका उत्पादन

तीन वर्षअघि गुल्मीबाट सुरु भएको पैंचो पसल लोकप्रिय बन्दै गएको छ । आफ्नै उत्पादनसहित काठमाडौं, पोखरा, चितवन, हेटौंडा, नेपालगन्जमा पसल सञ्चालन गरिसकेको पैंचोले दाङमा सेवा विस्तार गरेको छ ।
बजार अभावमा खेर गैरहेका गाउँमा उत्पादनलाई बजारको पहुँचसम्म पु¥याउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको पैंचो प्रालिका बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले जानकारी दिए । अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तुको उत्पादन गर्दै आएको कर्माचार्यले बताए । त्यसै गरी ५० बढी संकलन केन्द्र रहेको उनको भनाइ छ । यसरी उत्पादन गरेका वस्तुहरूको बिक्री अब दाङबाट पनि गरिने भएको छ । पैंचोले ८ प्रकारका अचार, होल क्यान कर्न, पैंचो आटो, कोदाको पिठो, टोमेटो केचअप, जाम, विभिन्न प्रकारका परम्परामा सीमित सिन्की, मस्यौरा, जस्ता उत्पादनको आफैं उत्पादन गरी बजारमा ल्याएको कर्माचार्यको भनाइ रहेको छ । त्यसै गरेर जुम्लाका सिमी, पहाडी मकैको आटो, जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरू प्याकेजिङ गरी बजारमा ल्याएको उनको भनाइ छ । होल कर्नर नेपालकै पहिलो उत्पादन भएको र मस्यौरा, सिन्की पैंचोले पहिलो पटक व्यावसायिक उत्पादन भएको दाबी प्रालिले गरेको छ ।
अन्य उत्पादनहरूभन्दा आफूहरूले उत्पादन गरेको खाद्य पदार्थ फरक रहेको निर्देशक कर्माचार्यले बताए । “कृषकहरूले उत्पादन गरेका वस्तुलाई उचित मूल्य पैंचोले दिएको छ,” निर्देशक कर्माचार्यले भने । राप्ती क्षेत्रलाईमध्ये नजर राखेर पसल सञ्चालनका ल्याएको प्रालिले जनाएको छ । “राप्ती क्षेत्रका पहाडी क्षेत्रमा उत्पादन भएका उत्पादन बजारी करण गर्ने सहज हुनेछ,” निर्देशक कर्माचार्यले भने । सहरीया उपभोक्तालाई पहाडी हावापानी उत्पादित स्वच्छ, स्वस्थ र अर्गानिक तरकारी, फलफूल र खाद्य सामग्रीहरू समेत पैंचो बजारमार्फत उपलव्ध गराउँदै आएको प्रालिले जनाएको छ । “उपभोक्ताको स्वास्थ्य र पौष्ट्रिकतालाई ध्यानमा राखेर विषादी रहित तरकारी तथा फलफुल बिक्री गर्ने हाम्रो लक्ष्य हो,” निर्देशक कर्माचार्यले भने ।
कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले कृषि क्षेत्रलाइ आत्मानिर्भर बनाउनु पर्ने बताए । उनले वाह्य आयत रोक्ने गरी नेपालमा उत्पादन क्षेत्रमा अगाडि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्