Logo

मुआब्जा माग गर्दै नगरपालिकामा तालाबन्दी

रौतहट- रेलमार्ग तथा रेल्वे स्टेसनमा परेको आफ्नो जमिनको उचित मूल्यांकन नगरी मुआब्जा दिन लागेको भन्दै पीडितहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे स्टेसन तथा रेलको लिगमा जमिन परेपछि चन्द्रपुर नगरपालिका–८ का बासिन्दाले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीको कारण नगरपालिकाको काम ठप्प भएको छ भने कर्मचारी बाहिर बस्न बाध्य भएका छन् । सरकारी मूल्यांकनभन्दा पनि कम मूल्य कायम गरी सुकुम्वासी बनाउन खोजेको भन्दै पीडित जग्गाधनी आन्दोलित भएका हुन् । जग्गाधनीको माग समयमै सम्बोधन गरी रेल्वे लाइनको काम हुनुपर्ने उनीहरूको माग छ । रेल्वे लाइनमा परेको जमिनको कतै उचित मूल्यांकन त कमै कम गरेर पक्षपात गरेको उनीहरूको भनाइ छ । उचित मुआब्जा नपाएको भन्दै सरोकारवाला जमिनका धनीले रेल्वे निर्माणमा अवरोध पु-याएका छन् ।
चन्द्रपुर नगरपालिका–८ बेतौनामा सर्वे गर्न आएको निर्माण ब्यवसायीको बा २१ च ३४७३ नम्बर पिकअप भ्यान घेरेर अवरोध पु¥याएको हो । चलन चल्तीको त कुरै छाडांै सरकारी मूल्यांकनभन्दा पनि कम मूल्यांकन गरेर सुकुम्वासी बनाउन खोजेको आरोप जमिनधनी मध्येका साविक रंगपुर गाविस वडा नं. ५ का टीकाप्रसाद पौडेलले बताए । जमिनका पुनःमूल्यांकन गरेर मुआब्जा दिनुपर्ने उनले माग गरेका छन् । रेल्वे विभागका ओभरसियर कुमार भट्टराईले अवरोध भएपछि निर्माणकार्य गर्न असहज भएको बताए । प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले पीडित जग्गाधनीको आवाज आफूले संसद्मा बोलेर न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । मूल्यांकन समितिले जमिनको उचित मूल्यांकन नगरेर अन्याय गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्