ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता सार्वजनिक «

ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता सार्वजनिक

नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले दसैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका विजेता सार्वजनिक गरेको छ । यस उपहार योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यमाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल जित्न सफल भएका छन् ।
यसैगरी अर्को बम्पर उपहारमा काठमाडौं रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुबई ट्रिप जित्न सफल भएका छन् । सोमबार बम्पर उपहार विजेता सार्वजनिक गरिएको हो । ई–सेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् ।
६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक साता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक साता १६ जनाका दरले ६ सातासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर यूएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए ।

 

प्रतिक्रिया दिनुहोस्