Logo

नीति तथा कार्यक्रमका यस्ता छन् कार्यक्रम

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उक्त कार्यक्रममा मुख्य मुख्य कार्यक्रम यस्ता छन् ।

संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता ।

सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने ।

कृषिमा लगानी दशक घोषणा ।

आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने ।

आगामी आर्थिक वर्षभित्रै कन्ट्री रेटिङ गर्ने घोषणा ।

सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने ।

आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने ।

मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाउने ।

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा ।

जल यातायात शुरु गर्ने घोषणा ।

शिक्षक तथा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्थाको कार्यान्वयन हुने ।

सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा ।

प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने ।

सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा ।

प्रतिक्रिया दिनुहोस्