कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता

काठमाडौं– कुमारी बैंक र चितवनस्थित निको बाल अस्पतालबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवामा छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने विस्वास लिएको बैंकले जनाएको छ ।