एसियन लाइफको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं– एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद साधारण सेयर निष्कासनका लागि लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।
कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो । हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पुँजी पाँच अर्ब पुर्याउन दिएको निर्देशन बमोजिम कम्पनीले सेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पुँजी जुटाउन सो योजना अघि सारेको कम्पनीले जानकारी दिएको छ । क्यापिटलको हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ ।