Logo

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं– माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलबखाता अन्र्तगत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाख रकम भुक्तानी गरेको छ ।

बैंकको आदर्शनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादबको मोटरसाइकल दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार बीमा रकम हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दुशेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दाबी रकम बराबरको चेक मृतक यादवकी श्रीमती शोभालाई हस्तान्तरण गरेका हुन् ।

बैंकल न्यू स्मार्ट तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, एक लाखसम्म अस्पताल भर्ना एवम् औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्