Logo

बैंकले फेरी घटाए ब्याजदर


काठमाडौं– मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले जेठका लागि औसत ७.०६ प्रतिशत दिने घोषणा गरेका हुन् ।

बैंकहरूमा बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण केही महिनादेखि ब्याजदर परिवर्तन भइरहेका छन् । बैंकहरुले सार्वजनिक गरको ब्याजदरमध्ये जेठको लागि तीन बैंकले सामान्य रुपबाट ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा एनआइसी एशिया, प्रभु र ग्लोबल आइएमइ छन् ।

एनआइसी एशिया बैंकले ७.७५ प्रतिशतबाट बढाएर ७.८ प्रतिशत व्याजदर पुर्‍याएको छ । प्रभु र ग्लोबल आइएमइ बैंक दुवैले ७ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएका छन् । अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ । यी दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने छन् ।

प्रतिक्रिया दिनुहोस्