कास्की–२ मा समाजवादीबाट गुरुङ उमेदवार «

कास्की–२ मा समाजवादीबाट गुरुङ उमेदवार

पोखरा- आशन्न उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले मंगलबार उमेदवार घोषणा गरेको हो ।
उमेदवारी घोषणा गर्दै गुरुङले सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्