Logo

नेपाल मोबिलिटी सोलुन्सन्सको जुमजुम सञ्चालन

काठमाडौं– नेपाल मोबिलिटी सोलुन्सन्सले जुमजुम नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्राण्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ प्रस्तुत भएको बताइएको छ ।

नेपाली कम्पनी एफ वान सफ्ट ग्रुपका विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पीक मिद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको जनाएको छ ।

प्रयोगकर्ता मैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित यात्राको अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्