Logo

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता

काठमाडौं– कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिए बापत भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा छुट पाउने भएका छन् ।

सम्झौता अनुसार ओपीडी सेवामा १० प्रतिशत विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवामा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र साथै पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्