श्रीलंकाको उवासंघ र उवासंघ–चितवनबीच समझदारी «

श्रीलंकाको उवासंघ र उवासंघ–चितवनबीच समझदारी

भरतपुर- उद्योग वाणिज्य संघ–चितवन र श्रीलंकास्थित सिलोन चेम्बर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवन अध्यक्ष सहनलाल प्रधान र सिलोनका तर्फबाट उपाध्यक्ष भिस गोविन्दा स्वमीले हस्ताक्षर गरेका हुन् ।
अध्यक्ष प्रधानले २ सहर र २ देशबीचको व्यावसायिक सम्बन्ध र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । समझादारीबमोजिम २ देशका उवासंघहरुले द्वीराष्ट्रिय व्यावसायिक प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने, प्रविधि साटासाट तथा हस्तान्तरण, प्राविधिक सहयोग गर्ने, अध्ययन अवलोक भ्रमण, तालिम, सेमिनारको आयोजना गर्ने, पूर्वाधार विकासका लागि आ–आफ्नो सरकारमार्फत पहल गर्नेलगायतका बुँदाहरु भएको संघका कार्यक्रम अधिकृत नीलबहादुर केसीले जानकारी दिए ।
अध्यक्ष प्रधानले नेपाल भ्रमणका लागि श्रीलंकाका जनतालाई अपिल गरे । दुई देशका व्यवसायीबीच एक बिटुबी बैठक भएको छ । विशिष्ट कार्यसमिति सदस्य डा. होमबहादुर बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा सहभागीहरुले चितवनको शिक्षा, स्वास्थ्य, कृिष र पर्यटन क्षेत्रमा लगानी गर्न अनुरोध गरेका थिए । नेपाल भ्रमण वर्ष–२०२० लाई मध्येनजर राखी भ्रमण वर्षको समेत प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवन गत सातादेखि श्रीलंकाको भ्रमणमा रहेको संघका कार्यकारी निर्देशक गौरव खतिवडाले जानकारी दिए । नेपाल भ्रमण वर्ष–२०२० को पावन अवसरमा श्रीलंकन एयरलाइन्सले डिसेम्बरबाट कोलम्बो–काठमाडौं उडान भर्ने तयारी गरेको अध्यक्ष सहनलाल प्रधानले बताए ।

 

प्रतिक्रिया दिनुहोस्