Logo

आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएकी हुन् ।

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्