रिलायन्स र यति एयरलाइन्सबीच सम्झौता
काठमाडौं– रिलायन्स फाइनान्स र यति एयरलाइन्सबीच सम्झौता भएको छ । सम्झौताअर्न्तगत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले यति एयसलाइन्सको टिकट र कार्गो सेवामा छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता अनुसार ग्राहकले सुविधा प्राप्त गर्न फाइनान्सको डेबिट कार्ड र मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको छ ।
‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरी आकर्षक व्याज प्रदान गर्दै आएको दावी गरेको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई इ–बैंकिङ, एससिटी नेटकवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवा, सीआस्वा, आइपीएस, कनेक्ट आइपीएसलगायतका सेवा प्रदान गर्दै आएको छ ।