Logo

नेपाल इन्भेस्टमेन्ट बैंक र चाइनाको युनियन पेबीच सहमति

नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबोबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
एनआईबीएल युनियन पे कार्ड तथा प्रोडक्टहरू नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल इन्भेस्टमन्ट बैंकले आफ्ना चाइना भ्रमणमा जाने ग्राहकहरू र चाइनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी युनियन पे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोडमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ ।
नेपाल इन्भेस्टमेन्ट युनियन पे कार्डमार्फत सजिलै एटीएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेस्टुराँको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्