यामाहा नेपालले ल्यायो आकर्षक अफर

काठमाडौं– नेपाली नयाँ वर्ष २०८१ सुरु हुने बित्तिकै, नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यो शुभ अवसरमा विशेष अफरहरू दिने घोषणा गरेको छ । वैशाख १ गतेदेखि ग्राहकहरूले यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा यो नयाँ वर्षलाई अझै रमाइलो बनाउनका लागि अतुलनीय फाइदाहरू पाउन सक्नेछन् ।
समृद्धिको साथ नयाँ वर्षको शुभारम्भ गर्न यामाहा नेपालले आफ्ना ग्राहकहरूलाई ग्यारेन्टीसहित १ लाखसम्मको नगद छुटको मजा लिने अवसर प्रदान गरेको छ । यो छुटले नेपालभरका ग्राहकहरूका लागि यामाहा बाइक र स्कुटरलाई थप पहुँच योग्य बनाउने लक्ष्य राखेको छ । विशेष नगद छुटको अतिरिक्त, यामाहा नेपालले सुविधाजनक र आकर्षक वित्तीय विकल्पहरू पनि उपलब्ध गराउँदै आएको छ ।
ग्राहकहरूले अब केवल ३० प्रतिशतको न्यून डाउन पेमेन्टको साथ उत्कृष्ट वित्तीय अफर प्राप्त गर्न सक्छन् । यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको हो । यही वैशाख १ गतेदेखि सुरु भएको यो विशेष अफरहरूको फाइदा लिन र यामाहासँग अविस्मरणीय यात्रा गर्न आफ्नो नजिकको यामाहा शोरुममा पुगेर बुझ्न सकिनेछ ।