Logo

ग्लोबल आइएमई र बडीमालिका नगरपालिकाबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच सम्झौता भएको छ ।

उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी नगरपालिकाले बैंकसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने स्थानीयलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ । उक्त कर्जाले नगरपालिका भित्र उद्यमशिलतामार्फत आत्मनिर्भर र स्वरोजगार प्रवर्द्धन हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्