Logo

एभरेष्ट बैंकको कार्यालय आफ्नै भवनमा

काठमाडौं– एभरेष्ट बैंकले वीरगन्ज शाखा र मधेश प्रादेशिक कार्यालयका सेवा आफ्नै भवनबाट थालेको छ ।

वीरगन्ज महानगरपालिका १०, आदर्शनगरस्थित एभरेष्ट बैंकले आफ्नो वीरगन्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको हो । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगन्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकले अझ बृहत र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए । पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १४ लाख ग्राहकहरु छन् ।

प्रतिक्रिया दिनुहोस्