Logo

आइएमई लाइफको लाभांश संशोधन

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीहरुलाई २५ बोनस सेयर र ९.५० प्रतिशत नगद गरी साढे ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

तर कम्पनीले नगदतर्फको लाभांश संशोधन गर्दै कर प्रयोजनार्थ १.३१५८ प्रतिशत मात्र नगद लाभांश वितरण गरिने जनाएको हो । योसँगै अब कम्पनीले बोनस सेयरतर्फ २५ प्रतिशत र नगदतर्फ १.३१५८ गरी कूल २६.३१५८ प्रतिशत मात्र लाभांश वितरण गर्नेछ । हाल कम्पनीको कूल चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहेको छ ।

यसै चुक्ता पुँजीलाई आधार मानेर कम्पनीले बोनस र नगद गरी २६.३१५८ प्रतिशत लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाले पास गरेपछि सेयर धनीलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्