२ अर्ब लगानी नयाँ भवन बन्ने «
Logo

२ अर्ब लगानी नयाँ भवन बन्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले नयाँ भवन निर्माण गर्ने भएको छ । नयाँ भवनको निर्माणसँगै नर्भिक २०० शैय्याको अत्याधुनिक सुविधा सम्पन्न र पूर्वाधारयुक्त हुने अस्पतालले जनाएको छ । अस्पतालको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधासम्पन्न उपकरण र सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
नयाँ भवन निर्माणका लागि शनिबार अध्यक्ष वसन्तकुमार चौधरीले भवनको शिलान्यास गरे । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार ७७०.१ वर्गफिट हुने र भूमि-जग्गा बाहेक परियोजनाको लागत करिव दुई अर्ब हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना तीन वर्षभित्र पूरा हुने अस्पतालले जनाएको छ ।
२०५० सालमा काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा दिँदै आएको दावी गरेको छ । अस्पतालले आगामी दिनमा सातै प्रदेशमा पनि शाखा बिस्तार गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्