नेपाल लाइफले मनायो २३औं वार्षिकोत्सव

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन भएका थिए ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउने बताए । उनले सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागिपर्ने प्रतिवद्धता पनि जनाए ।