सन नेपाल लाइफको बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त भएको छ ।
कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँ दरको एक करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि एसबिआई मर्चेण्ट नियुक्त भएको छ ।
सो सम्बन्धी सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन् ।