Logo

बचत र बीमालाई जाेडेकाे नबिल ढुक्क बचत खाता

काठमाडौं– धेरै ठाउँमा काम गर्ने शीलशीलामा अहिले प्रायः मानिसको धेरै वटा बैंक खाता हुन्छ । तर पनि सुविधा भने प्रायः उस्तै वा उही । कुनै पनि बैंकको खाता खोलिसकेपछि अति आवश्यक पर्ने सुविधाहरू त्यसबाटै पाइयोस् भन्ने धेरैको चाहना पनि हुन्छ । जस्तो कि, एउटा बचत खातामा रकम बचत गर्दा मोबाइल बैंकिङ, डिम्याट/मेरोसेयर खाता जस्ता सुविधा निःशुल्क होस् वा अन्य केही आकर्षक फाइदा पनि लिन पाइयोस् ।

तर सोचेजस्तो सुविधा पाइरहेकै हुँदैन । यस्तै आफूलाई अति आवश्यक पर्ने सुविधा एकै ठाउँबाट लिने ठाउँ खोज्नेका लागि उपयुक्त विकल्प बन्न सक्छ नबिल बैंकको ‘नबिल ढुक्क बचत खाता ।’ ‘नबिल भए ढुक्क’ भन्ने नारालाई केन्द्रमा राखेर बैंकले ‘नबिल ढुक्क बचत खाता’ सञ्चालनमा ल्याएको हो । आकर्षक ब्याजदर र विभिन्न लाभ पाइने भएकाले पछिल्लो समय नबिल बैंकको यस बचत खातामा नागरिकहरूको आकर्षण बढेको बैंकका रिटेल लायबिलिटी विभाग प्रमुख उज्ज्वल नेपाल बताउँछन् ।

बैंकले रिटार्यर्ड कर्मचारी, प्रोफेशनल तथा नियमित आम्दानी गर्ने जस्ता सबै वर्गका नागरिकलाई लक्षित गर्दै यस्तो बचत खाता सञ्चालनमा ल्याएको हो । एक पटक बचत खाता खोलेपछि सबै क्षेत्रमा ढुक्क हुन सकिने मुख्य थिममा रहेर नबिल ढुक्क बचत खाता सञ्चालनमा आएको हो । जसमा बचतकर्ताले स्वास्थ बीमा, दुर्घटना बीमा तथा जीवन बीमासमेतको सुविधा पाउन सक्नेछन् । यस बचत खाता खोलेपछि न ब्याजदर कम भयो भन्ने चिन्ता हुन्छ न त बीमा गराइरहनुपर्ने झण्झट नै ।

त्यसैले यो बचत खाताको उद्देश्य नै बचतकर्तालाई ढुक्क बनाउनु भएको उनी बताउँछन् । उनका अनुसार यस बचत खातामा अनिवार्य एक लाख रुपैयाँ बचत गर्नुपर्छ । एक लाख रुपैयाँ बचत गरेबापत बचतकर्ताले कुल १४ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा सुविधा पाउँछन् । यसका अतिरिक्त नबिल फोन लोन, निःशुल्क डेबिट तथा क्रेडिट कार्डलगायतका धेरै सुविधा पाइनेछ ।

बैंकका अनुसार, यस खाताबाहकले ओपिडी उपचार खर्च स्वरुप २० हजार रुपैयाँ पाउनेछन् । यदि खाताबाहक बिरामी भएर अस्पतालमा भर्ना नै गर्नुपरेको अवस्थामा ८० हजार रुपैयाँ बीमा सुविधा पाउनेछन् । समग्रमा मेडिकल इन्स्योरेन्सबापत खातावालालाई बैंकले एक लाख रुपैयाँ बापतको बीमा गराएको हुन्छ । यसबाहेक कुनै पनि दुर्घटनाबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरणका लागि बैंकले बचतकर्तालाई १० लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बीमा सुविधा दिएको छ ।

यस्तै विभिन्न १३ वटा जटिल प्रकारका रोग लागेमा उपचार खर्चबापत तीन लाख रुपैयाँको बीमा सुविधा बचतकर्ताले प्रयोग गर्न पाउँछन् । साथै बचतकर्ताको कुनै कारणले मृत्यु भइहालेमा ७५ हजारको म्यादी जीवन बीमा सुविधासमेत उपलब्ध हुने नेपालले जानकारी दिए । पछिल्लो समय बचतका साथसाथै एकै पटक बीमा सुविधा पनि प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो बचत योजना ल्याएको हो । बैंकले बचत खाता सञ्चालन सुरू गरेको करिब एक वर्ष पुग्न लागेको छ ।

यसबीचमा यस बचत खाताबाट धेरैले लाभ पाएको विभाग प्रमुख नेपाल बताउँछन् । खातामा एक लाख रुपैयाँ रहिरहने र त्यसको उच्च ब्याजदर समेत पाइने भएकाले बचतकर्ताले यस खाताबाट अधिकतम लाभ पाउन सक्छन् । विभाग प्रमुख नेपालका अनुसार बचतकर्ताले यस खातामा रकम राख्दा अधिकतम ब्याजदर पाउनेछन् । १८ वर्ष उमेर पुगेका नागरिकलाई लक्षित गरी ल्याइएको बचत खातामा बीमा र ब्याज सुविधाका अतिरिक्त दुई लाख रुपैयाँसम्म मोबाइलबाटै ऋण लिन मिल्ने सुविधासमेत छ ।

यसबाहेक निःशुल्क डेबिट तथा क्रेडिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सुविधा, महिनामा पाँच पटकसम्म अन्य बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न पाइने सुविधा, पहिलो वर्ष निःशुल्क लकर सुविधा तथा त्यसपछिका वर्षमा ५० प्रतिशत छुट, निःशुल्क सिआश्वा, एक वर्षका लागि निःशुल्क डिम्याट तथा मेरोसेयर खाता जस्ता सुविधासमेत पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्