क्रेस्टको बिक्री प्रबन्धकमा एनआईमबि एस क्याप्टिल
काठमाडौं– क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईमबि एस क्याप्टिल नियुक्त भएको छ । कम्पनीको सेयर निष्कासनका लागि एनआईमबि एस क्याप्टिललाई नियुक्त गरिएको हो ।
सो सम्बन्धी सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।