Logo

भियतनामी पर्यटक लुम्बिनी ल्याउनेबारे छलफल

काठमाडौं– नेपाल भियतनाम चेम्बर अफ् कमर्सले लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन विभिन्न निकायसँग समन्व गर्ने निर्णय गरेको छ ।

नेपालका लागि भियतनामका राजदूत न्ग्युइन थान्ह हाइको उपस्थितमा नेपालका लागि भियतनामा अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ र नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपक मलहोत्रालगायतका पदाधिकारीसहितको बैठकले सो निर्णय गरेको हो । यसैगरी संस्थाले नेपालको कृषि क्षेत्रको विकासका लागि समाजवादी गणतन्त्र भियतनामसँग सहकार्य गरी त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न पहल गर्ने पनि जनाएको छ ।

नेपालमा कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकरात्मक सहयोग पुर्‍याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात निर्यातलाई अझ सहज बनाउने बारे पनि छलफल गरेको छ । संस्थाको प्रतिनिधिमण्डलले आगामी अगस्टमा भियतनामको भ्रमण गरेर दुवै देशबीच सिधा हवाइ पारवहन सञ्चालनका साथै अन्तर्राष्ट्रिय गन्तव्य सहज पार्न पहल गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्