एभरेष्ट बैंकको एक्स्टेन्सन काउन्टर विस्तार
काठमाडौं– एभरेष्ट बैंकले कपिल्वस्तुको मायादेवी गाउँपालिका– १ पकडीमा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानमा ग्राहकलाई दिगो र विश्वासिलो बैंकिङ सेवा र दिने उद्देश्यले तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चाचलनमा ल्याएको हो ।
उक्त एक्स्टेन्सन काउन्टरको लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइकेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराइने प्रतिवद्दता व्यक्त गरे ।