चौधरी फाउण्डेसनको पहलमा कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू «

चौधरी फाउण्डेसनको पहलमा कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू

बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत उद्घाटन गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नकालागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन् । संविधानले प्रत्येक बालबालिकालाई शिक्ष्ाँ, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वाङ्गिण विकासकालागि शुपोषित हुनु आवस्यक रहेको पनि बताइन् ।
यस वृहत अभियानलाई अगाडि बढाउन गैर नाफामूलक बलियो नेपाल नामक सस्था स्थापना गरिएको छ । नेपालमा आआफ्नो क्ष्ँेत्रमा पु¥याएको योगदानका कारण ख्याती कमाएका व्यक्तित्वहरू बलियो नेपालको बोर्डमा रहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सिईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला रहेका छन् ।
चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष चौधरीले विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनसग चौधरी ग्रुपले सहकार्य गर्ने गरि यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल लिएका हुन् ।
‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भईरहेका छन् । उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत् अभियानको खाचो छ । यहि उद्देश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनसग सहकार्य अगाडि बढाएको हो ।’
बलियो नेपाल नेपालमा पहिलो पटक निजी क्ष्ँेत्रसगको सहकार्यमा कुपोषणको दिगो अन्त्य र गरिवी निवारणमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको हो । यो विश्वमै प्रयोगमा ल्याईएको एउटा नया सोंच पनि हो । नेपालका नया अनुभवहरूलाई कुपोषण विरूद्धको प्रभावकारी कदमका रूपमा भविष्यमा अन्य देशहरूमा लागू गर्न सकिने विश्वास गरिएको छ । अध्यक्ष चौधरीले यो अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरि कुपोषण विरूद्ध उपलब्धी हासिल गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानकालागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनकालागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।
इस्तै, सिएनआईका उपाध्यक्ष निर्वाण चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिए । ‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान शुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नया उदाहरण प्रस्तुत गर्नु परेको छ’ चौधरीले भने । सीजीका प्रवन्ध निर्देशक समेत रहेका चौधरीले भने – ‘बलियो नेपाल हाम्रा बालबालिकामा समर्पित छ । यस अभियानमा सहकार्य गर्न म सरकार र नेपालको निजी क्षेत्रलाई आव्हान गर्दछु ।’
बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने बताएका छन् । यसकालागि निजी क्ष्ँेत्रसगको सहकार्यमा पोषणयुक्त लिटो र अण्डा कुपोषित बालबालिकाको पहु“चमा पु¥याउने गरि कार्यक्रम तय भएको जानकारी पनि उनले दिए । ‘हाम्रो विशेष ध्यान बालबालिकाका अतिरिक्त किशोरीहरू, प्रजनन उमेरका महिलाहरू, गर्भवती तथा सुत्केरीहरूमा रहनेछ । जसबाट हामी के सुनिश्चित गर्न चाहान्छौ“ भने आउने पुस्ता वर्तमान पुस्ताभन्दा अझ बलियो र स्वस्थ्य भएर राष्ट्र निर्माणमा सक्रिय हुन सकुन् ।’

प्रतिक्रिया दिनुहोस्