Logo

सामसङको ‘ग्यालेक्सी एम ५५ ५जी’ सार्वजनिक

काठमाडौं– सामसङले ग्यालेक्सी एम ५५ ५जी बजारमा ल्याएको छ । सामसङको ग्यालेक्सी एम सेरिजका नवीनतम विशेषताले प्रयोगकर्तालाई अनुपम स्मार्टफोन अनुभव, सुपर एमोलेटेड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्ने छन् । ग्यालेक्सी एम ५५ ५जीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सकिन्छ ।

मात्र ७.८ एमएमको चौडाइका साथ सुपर स्लिक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाएको कम्पनीको भनाइ छ । यो स्मार्टफोन हल्का हरियो र डेनिम ब्ल्याक (कालो) रंगमा उपलब्ध छन् । ५००० एमएएच ब्याट्री भएको ग्यालेक्सी एम ५५ ५जीले विस्तारित ब्राउजिङ, गेमिङ र बिन्ज बाचिङ सेसनको लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ ।

४५ वाट सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सक्छन् । १२० हट्ज रिफ्रेस रेट भएको ६.७ इन्च फुल एचडी+सुपर एमोलेटेड प्लस डिस्प्लेका साथ ग्यालेक्सी एम ५५ ५जीले उच्च गुणस्तरको इमर्सिभ दृश्य प्रदान गर्दछ । १००० निट्सको हाई ब्राइटनेस मोड र भिजन बुस्टर प्रविधिको साथ प्रयोगकर्ताले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सक्छन् ।

यसमा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोका लागि ५० एमपी नो शेक क्यामेरा पाउन सकिन्छ । नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता एआइ इन्ह्यान्सड सुविधाको साथ प्रयोगकर्ताले जस्तोसुकै प्रकाशको अवस्थामा पनि उत्कृष्ट शटहरू खिच्न सक्छन् । ग्यालेक्सी एम ५५ ५जीको ८/२५६ जिबी संस्करणको मूल्य ४८ हजार ९९९ रूपैयाँ र १२/२५६ जिबी संस्करणको मूल्य ५३ हजार ९९९ रूपैयाँ निर्धारण गरिएको छ ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरमा उपलब्ध सामसङ इन्टा फाइनान्स सेवाको साथ यो फोनलाई आफ्नो नागरिकताको साथमा प्रतिमहिना २ हजार ४४९ रूपैयाँबाट शून्य प्रतिशत ब्याजदरमा सजिलो एएमआइमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्