Logo

ग्लोबल आइएमईको ग्लोबल ग्रीन आवास कर्जा

काठमाडौं– ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।

यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधि उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्ड समेत निःशुल्क जारी गरिनेछ ।

इकोफ्रेण्डली घर/भवन र अपार्टमेन्ट निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिने बैंकले जनाएको छ । यसका साथै वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इकोफ्रेण्डली भवन मर्मतसम्भारका लागिसमेत यो कर्जाको उपभोग गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्