एशियन लाइफको जीवन बीमा योजना सार्वजनिक
काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठसहितका सञ्चालकहरुले संयुक्तरुपमा बीमा योजना सार्वजनिक गरेका हुन् । १८ देखि ६५ वर्षका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् ।
यो बीमा योजनामा न्यूनत्तम ५० हजारखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमांक रोज्न सक्ने सुविधा रहेको कम्पनीको भनाइ छ । बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पूरा भएपछि बीमांक रकम र बीमा अवधि पूरा नहुँदै बीमितको निधन भएमा बीमितको इच्छाएको व्यक्ति वा हकवालाले बीमांक रकम भुक्तानी पाउने कम्पनीको भनाइ छ ।
सो बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गता भएको वा असक्त सुविधा, बीमा शुल्क छुट सुविधा र एशियन क्रिटिकल केयर सुविधासमेत रोज्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म प्रथम बिमाशुल्क एक अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क चार अर्ब ५७ करोड ९२ लाख गरी कुल पाँच अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको बताइएको छ ।