Logo

आगलागी पीडितलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं– महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानी नगरपालिका–६ का आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगलागी पीडितलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

बुधबार मटिहानी नगरपालिका–६ मा लागेको आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर नष्ट भएका छन् भने ५० भन्दा बढी घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । सो घटनामा १५ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्